काठमाडौं- गायक सिडी बिजय अधिकारीको मर्म स्पर्शी गीत जीवनको रेल बोलको गीत सार्वजनिक गरिएको छ ।
प्रेम वियोगको कथाले भरिएको 'जीवनको रेल' बोलको सार्वजनिक गीतलाई कलात्मक ढंगबाट दर्शकमाझ पस्किएको छ ।
त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतमा दीपेन्द्र अधिकारीको शब्द तथा गायक सिडीकै संगीत रहेको छ ।
गीतमा एरेन्ज राजु कार्कीको रहेको छ भने आँफुलाई भन्दा बढी माया गरेकी आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयमले भिडियोमा कलात्मक तरिकाले आफ्नो निर्देशकीय कला प्रश्तुत गरेकी छन्।
भिडियोमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन बिष्टले गज्जबको अभिनय गरेका छन् ।
सार्वजनिक भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन र कलरिङ दिनशन शाहले गरेका हुन् । भिडियो डिए क्रियशन युट्युब च्यानलबाट बजारमा आएको हो ।
गीतको भिडियो