स्टारमा होइन्, स्क्रिप्टमा लगानी गरौं -दीपकराज गिरी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३५ दिन अगाडि
स्टारमा होइन्, स्क्रिप्टमा लगानी गरौं -दीपकराज  गिरी

 काठमाडाै -निर्माता एवं अभिनेता दीपकराज गिरीले स्टारमा भन्दा स्क्रिप्टमा लगानी गर्नुपर्ने बताएका छन्। 

'बोक्सीको घर' ले उत्साहजनक सुरूआत गरेपछि उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।  'पोस्टरमा एक नायिका मात्रै छ। तर फिल्मको ओपनिङ मल्टिस्टारर फिल्मभन्दा बलियो छ,' फिल्म हल संचालकसमेत रहेका दीपकराजले शनिबार फेसबुकमा लेखेका छन् - 'त्यसैले स्टारमा होइन्, स्क्रिप्टमा लगानी गरौं।' 

उनको पोस्टमा धेरैले सहमत जनाउँदै प्रतिक्रिया दिएका छन्। कतिपयले फरक खालको धारणा समेत राखेका छन्। ‘बोक्सीको घर’ शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो। केकी अधिकारीको होम प्रोडक्सनबाट निर्मित फिल्ममा उनीसहित सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सुलक्षण भारती, सबिन बास्तोलालगायत कलाकारहरूको अभिनय छ।  फिल्मलाई रंगकर्मी सुरक्षण भारतीले लेखन एवं निर्देशन गरेका हुन्।