ट्रेलरमा यस्तो देखियो 'खजुरे ब्रो'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३४ दिन अगाडि
ट्रेलरमा यस्तो देखियो 'खजुरे ब्रो'

 काठमाडौ -वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'खजुरे ब्रो' को ट्रेलर सार्वजनिक गरिएको छ। 

प्रदर्शनको १२ दिनअघि आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर रिलिज गरिएको हो।  सुरज सुनुवारको लेखन एवं निर्देशन रहेको यो फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, बिनिता थापा मगर, शान्तिला तामाङ, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउतलगायत कलाकारहरूको अभिनय छ।  धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा कमेडी जनरामा यो फिल्म बनेको हो । यसमा खजुरे ब्रोको भूमिका रेयर राईले निर्वाह गरेका छन्। नीति शाहले यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन्।  नविन मानन्धर र निर्देशक सुनुवार फिल्मको निर्माता हुन्।