नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३६ दिन अगाडि
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष  लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौँ - चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ ।

विशेष अदालतले उनलाई तीन वर्ष कैद निर्धारण गरेको हो ।सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले उनलाई २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ । गत चैत २५ मै उनी अदालतबाट दोषी ठहर भएपनि सजाय निर्धारणका लागि आइतबारको पेशी तोकिएको थियो । न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ म‌ंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।