इलाम–२ मतगणना - एमालेका सुहाङ नेम्वाङले लिए अग्रता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३६ दिन अगाडि
इलाम–२ मतगणना -  एमालेका सुहाङ नेम्वाङले लिए अग्रता

काठमाडौं - इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिकाका चार वडाको मतगणना सँकिदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । 

फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ को मत गणना सकिँदा नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पछि पारेका हुन् । यसअघि आइतबार दिउँसोदेखि खड्काले अग्रता लिएका थिए । जारी मतगणनाको ताजा अवस्थामा सुहाङले २ हजार ५ सय ४२ मत ल्याएका छन् । उता कांग्रेसका डम्बरले २१ सय ९७ मत ल्याएका छन् ।  यहाँ अब सुहाङले ३४५ मतको अग्रता बनाएका हुन्। त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ५ सय ९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ३७९ मत प्राप्त गरेका छन् ।