काठमाडौं -वेस्ट इन्डिज र अमेरिकामा जुन १ तारिखदेखि सुरु हुने टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा गरिएको छ ।
न्यूजिल्याण्ड बोर्डले सोमबार बिहान १५ सदस्यीय टोली घोषणा गरेको हो । बोर्डले प्रतियोगिताका लागि टिम किट पनि सार्वजनिक गरेको छ । स्टार खेलाडी केन विलियम्सनले कप्तानको जिम्मेवारी पाएका छन्। एकदिवसीय विश्वकप २०२३ मा उत्कृष्ट ब्याटिङ गरेका रचिन रविन्द्र पनि टोलीमा परेका छन् । रचिन र म्याट हेनरी पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् । बेन सियर्सलाई १६ औं खेलाडीको रूपमा समावेश गरिएको छ ।
यसपटक टी–२० विश्वकपमा कुल २० टोलीको सहभागिता रहेको छ । न्युजिल्यान्ड टी २० का लागि टोली सार्वजनिक गर्ने पहिलो टिम बनेको छ ।न्यूजिल्याण्ड टोली केन विलियम्सन ९कप्तान०, फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सैन्टनर, इश सोधी र टिम साउथी । रिजर्व–बेन सियर्स न्यूजिल्याण्ड टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । टी–२० विश्वकप २०२४ को उदघाटन खेल क्यानडा र घरेलु टोली अमेरिकाबिच हुनेछ । खेल जुन १ मा डलासमा मात्र हुनेछ ।