कोशीमा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको पत्र -गैरसंवैधानिक अभ्यास नहोस्

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३४ दिन अगाडि
कोशीमा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको पत्र -गैरसंवैधानिक अभ्यास नहोस्

 काठमाडौ -कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई पत्र लेखेर गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङलाई तीन पृष्ठ लामो पत्र बुझाउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट पारित भएको संकल्प प्रस्ताव गैरसंवैधानिक भएको जिकिर गरेका छन् । संविधानको मर्म र भावनाविपरीत धारा १६८ को कुनै उपयुक्त धारा प्रयोग गरी सरकार निमार्ण गर्नु भन्ने आदेशात्मक अभिप्रायले संकल्प प्रस्ताव ल्याएको भन्दै उनले भनेका छन्, ‘‘संविधानको कार्यान्वयन गर्न प्रदशे प्रमुख जस्तो संवैधानिक रुपमा रहेको प्रदेश प्रमुखले अझ गम्भीर भई संविधानको मर्म एवं भावनाको संरक्षण गर्न क्रियाशील हुनुपर्ने अवस्था रहेको व्यहोरा नेपालको संविधानको धारा १७३ बमोजिम जानकारी गराउँदछु ।’

कार्की संविधानको धारा १६८९५० अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले २६ चैतमा मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना दिए । प्रदेश सभाको विशेष अधिवेशनमार्फत २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका छन् । नभए वैकल्पिक सरकार गठनका लागि प्रदेश सभा समक्ष रहेको भन्दै २५ वैशाखपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रमुख प्रमुखलाई सन्देश समेत प्रवाह गर्न प्रदेश सभा सचिवालयलाई भनिएको छ । मुख्यमन्त्री कार्की भने विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानमा छन् ।