झापामा परीक्षा दिएर फर्किएकी छात्रामाथि आक्रमण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३१ दिन अगाडि
झापामा परीक्षा दिएर फर्किएकी छात्रामाथि आक्रमण

काठमाडौ - कक्षा १२ को परीक्षा दिएर डेरातर्फ फर्किरहेकी एक परीक्षार्थीमाथि झापाको दमकमा आक्रमण भएको छ।

उदयपुरको लिङचिङबुङ गाउँपालिका वडा नम्बर ३ घर भई दमक नगरपालिका वडा नम्बर ५ मा डेरा गरी बस्दै आएकी १८ वर्षीय एनिका अधिकारीमाथि शुक्रबार आक्रमण भएको हो। हिमालय मावि परीक्षा केन्द्रमा परीक्षा दिएर फर्कदै गरेकी अधिकारीमाथि शुक्रबार मध्याह्न करिब १२:३० बजे दमक नगरपालिका वडा नम्बर ५ स्थित ज्येष्ठ नागरिक भवनअगाडि आक्रमण भएको थियो।

हतियार पड्किएकोजस्तो आवाज सुनिएको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए। अधिकारीको पेटमा चोट लागेको छ। प्रहरीका अनुसार पेटमा डढेको, दबेको, ददारिएकोजस्तो चोट देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले छात्रामाथि कसरी चोट लागेको भन्नेबारे अनुसन्धान भइरहेको बताए। अधिकारीलाई लाइफलाइन अस्पतालमा उपचार गरिएको छ।