काठमाडौ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विभिन्न पाँच योजनामा बजेट माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र बुझाएका छन्।
काठमाडौं क्षेत्र नम्बर ५ का सांसद पौडेलले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष आफ्नो क्षेत्रका मुख्य मुख्य योजनाहरूका लागि बजेट माग गरेका हुन्। सरकारले आर्थिक वर्ष २०८१\०८२ का लागि आगामी जेठ १५ गते बजेट ल्याउँदैछ। उक्त बजेटमा खानेपानीदेखि सडकसम्मका योजनाहरू समयमै सक्न र प्राथमिकता दिएर बजेट विनियोजन गर्न पौडेलले प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेका हुन्।उनले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्ग शिवपुरी राष्ट्रिय निकुञेज जलाधार क्षेत्रभित्रका मुहानहरूबाट पानी संकलन गर्न पूर्ण क्षमताको संकलन केन्द्र नभएकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
त्यसले ठूलो मात्रामा खानेपानी चुहावट भएको बताउँदै नियन्त्रणका लागि एकीकृत पानी संकलन केन्द्र तथा ट्यांकी निर्माण गरी उपभोक्तालाई खानेपानी उपलब्ध गराउन सकिने पौडेलले बताएका छन्। ‘नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१र ०८२ का लागि निर्माण गर्ने बजेट तथा कार्यक्रममा यस परियोजनालाई बहुवर्षे योजनामा सूचिकृत गराई तत्कालै डिपिआर तथा आगामी वर्ष नै पूर्ण रुपमा कार्यन्वयनमा आउने गरि बजेटको व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछु,’ पत्रमा उनले भनेका छन्। पौडेलले विष्णुमति नमुना करिडोर, टुकुचा खोला ढल व्यवस्थापन परियोजना, रिङरोड दोश्रो खण्ड ९कलंकी देखि धोबीखोला ( चाबहिल) विस्तार परियोजना र भुतखेल मैदान खेलकुद विकास योजनाका लागि बजेट विनियोजनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।