काठमाडौं - पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गरेका छन् ।
लमजुङमा छायांकन भैरहेको यो फिल्ममा धमलाको सन्दर्भको दृश्य छायांकन गरियो । निगम श्रेष्ठको निर्देशनमा निर्माण भइरहेको फिल्मको लागि लिखित सम्झौता भएसँगै धमला सुटिङको लागि लमजुङको भुजुङ पुगेका हुन् । कमेडी-ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा धमलाले पत्रकारकै रोलमा अभिनय गरेको निर्माताले जनाएका छन् ।
यो फिल्मले सामाजिक संजालको सकारात्मक र नकारात्मक प्रवृत्तिलाई पेश गर्छ । सोही अनुसार धमलालाई मुख्य भूमिकामा लिनुपरेको निर्देशक निगम श्रेष्ठले जनाए । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहनेछन् । द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण हुने यश फिल्मलाई अमर महर्जनले खिच्ने छन् । फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको लगानी छ ।