'खजुरे ब्रो' को गीत 'मैले फकाएर मात्र' सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७२६ दिन अगाडि
'खजुरे ब्रो' को गीत 'मैले फकाएर मात्र' सार्वजनिक

 काठमाडौ -फिल्म 'खजुरे ब्रो' को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। 

सोमबार सार्वजनिक 'मैले फकाएर मात्र' बोलको गीतमा अनमोल गुरूङको शब्द, संगीत र स्वर छ। रिकेश गुरूङले यसको संगीत संयोजन गरेका हुन्।  भिडिओमा फिल्मका मुख्य कलाकार रेअर राई र नीति शाह प्रस्तुत छन्। सुरज सुनुवारको लेखन एवं निर्देशन रहेको 'खजुरे ब्रो' मा रेअर र नीतिका साथमा नवीन मानन्धर, महेश त्रिपाठी, विनिता थापा मगर, पुष्कर कार्की, शान्तिला तामाङलगायत कलाकारहरूको अभिनय छ।  नविन मानन्धर र सुरज सुनुवार फिल्मको निर्माता हुन्। फिल्म यही शुक्रबार (वैशाख २८)देखि प्रदर्शनमा आउँदैछ।