‘पुजार सार्की’ ट्रेलर- जातीय विभेदविरुद्ध लड्ने तीन पात्रको कथा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७२५ दिन अगाडि
‘पुजार सार्की’ ट्रेलर- जातीय विभेदविरुद्ध लड्ने तीन पात्रको कथा

 काठमाडौ -अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म 'पुजार सार्की' को ट्रेलर सार्वजनिक गरिएको छ।

निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ट्रेलरले फिल्मको कथासार बुझाउँछ।  अन्तरजातीय प्रेम, जातीय विभेद्, जातीय विभेदविरूद्ध तीन पात्रले गर्ने साझा लडाईंको कथा ट्रेलरमा प्रस्तुत गरिएको छ। 

दिनेश राउतको निर्देशनमा तयार 'पुजार सार्की' मा आर्यन, प्रदीप र पलसहित अञ्जना बराइली, परिक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्यलगायत कलाकारहरूको अभिनय छ।  विकास सुवेदीको लेखन रहेको फिल्मको निर्माता संगीतकार समेत रहेका सुवास भुसाल हुन्। राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा भरत रेग्मीको सम्पादन छ।  पोस्टर, टिजर र गीतबाट राम्रो प्रशंसा पाइरहेको यो फिल्म बुद्द जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ।