बुबाआमा बने सलोन र करिश्मा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७२४ दिन अगाडि
बुबाआमा बने सलोन र करिश्मा

 काठमाडौ -अभिनेता सलोन बस्नेत बुबा बनेका छन्।

उनकी श्रीमती करिश्मा केसीले बुधबार बिहान मेडिसिटी अस्पतालमा छोरीलाई जन्म दिएकी छन्। सलोनका बुवा तथा निर्देशक शोभित बस्नेतले फेसबुक पोस्ट मार्फत यसबारे जानकारी दिएका हुन्। 

सलोन र करिश्माले केही वर्षदेखिको प्रेमसम्बन्धलाई २०७९ को मंसिरमा विवाहमा परिणत गरेका थिए।  सलोन नेपाली फिल्मका चर्चित अभिनेता हुन् भने करिश्मा पेशाले एयर होस्टेस हुन्।