५ वर्षभित्र आधारभूत शिक्षा सुनिश्चित गर्ने घोषणा 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१६ दिन अगाडि
५ वर्षभित्र आधारभूत शिक्षा सुनिश्चित गर्ने घोषणा 

काठमाडौं -सरकारले अगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्ति सुनिश्चित गर्ने घोषणा गरेको छ । 

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अगामी सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउँदै विद्यालय बाहिर रहेका बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गरिने बताएका हुन् । 
उनका अनुसार प्रारम्भिक तथा बालविकास शिक्षा प्रणालीलाई परिमार्जित गरिने नीति सरकारले लिनेछ ।  जेष्ठ नागरिकका तर्फबाट नयाँ पुस्ताका बालबालिका तथा युवा वर्गमा ज्ञान, सीप तथा अनुभव पुस्तान्तरण आवश्यक प्रबन्ध गरिने पौडेलले बताए ।  त्यस्तै, विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाई शिक्षण सिकाइमा रहेको असमानता कम गर्ने पनि सरकारको नीति रहेको राष्ट्रपति पौडेलले पढेर सुनाए ।