राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिन पाएन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७२० दिन अगाडि
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिन पाएन

काठमाडौं - सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीथि तथा कार्यक्रम पेश गरेका थिए । लगत्तै राष्ट्रियसभाको बैठक बसेको थियो, जहाँ राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो ।तर अध्यक्ष नारायण दाहालले बैठक सुरु गरेलगत्तै कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उठेर विरोध गरे । अध्यक्ष दाहालले राष्ट्रपतिलाई धन्यवाद दिने मात्र कार्यसूची रहेकाले सहयोग गर्न आग्रह गरे ।कांग्रेस सांसद कृष्ण रोकाले सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएकाले संसदीय छानबिन समिति नबनेसम्म कुनै पनि कारबाही अगाडि नबढ्ने बताए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले बैठक स्थगित गरे । अर्को बैठक ३ जेठलाई बोलाइएको छ ।