फिल्म 'मोदीबेनी' साउन १८ मा रिलिज हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१८ दिन अगाडि
फिल्म 'मोदीबेनी' साउन १८ मा रिलिज हुने

 काठमाडौ -फिल्म मोदीबेनीु को प्रदर्शन मिति तय गरिएको छ।

फिल्म साउन १८ गते रिलिज हुने भएको निर्माता दिलीप केसीले बताए ।  पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर फिल्मले कथा भन्ने निर्देशक शंकर कोइरालाले बताए। फिल्ममा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, प्रविण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराईलगायत कलाकारहरूको अभिनय छ। अमर प्रतापले यही फिल्मबाट अभिनेताको डेब्यु गर्न लागेका हुन्। 

त्यस्तै, अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि यो फिल्मबाट कमब्याक गर्दैछिन्। निर्देशक कोइरालाले पनि यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्।  डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका हुन्। फिल्ममा दिलीप के।सी। निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । उत्सव दाहालको डिओपी रहेको फिल्ममा भरत रेग्मीको सम्पादन रहनेछ।  फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।