'लण्डन टु पेरिस' को नयाँ गीतमा त्रिकोणात्मक प्रेम (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१५ दिन अगाडि
'लण्डन टु पेरिस' को नयाँ गीतमा त्रिकोणात्मक प्रेम (भिडिओ)

काठमाडौ -फिल्म 'लण्डन टु पेरिस' को दोस्रो गीत 'चाहान्छु यो माया' सार्वजनिक गरिएको छ।

शुक्रबार दिउँसो सार्वजनिक यो गीतको भिडिओमा फिल्मका शीर्ष कलाकारहरू साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का र गरिमा शर्मा प्रस्तुत छन्। उनीहरूबीचको त्रिकोणात्मक प्रेमलाई गीतमा देखाइएको छ। गीतमा स्वर एसडी योगी र नभिता पौडेलको छ। एसडी योगीकै संगीत रहेको गीतलाई राम अविरल बिष्टले शब्द रचना गरेका हुन्। रिकेश गुरूङ संगीत निर्माता रहेको गीतको भिडिओलाई साहिल खानले सम्पादन गरेका हुन् । प्रदीप भारद्वाजको लेखन, घनश्याम लामिछानेको निर्देशन रहेको 'लण्डन टु पेरिस' ले ट्राभल लभस्टोरीको कथा प्रस्तुत गर्छ।

यसमा साम्राज्ञी, निश्चल र गरिमाकासहित कविर खड्का, रूष्मा थापा, मनिष गान्धी, मनिष श्रेष्ठ, लोकविक्रम मल्ल लगायतको अभिनय छ। निश्चल र गरिमाले यही फिल्मबाट डेब्यु गरेका हुन्। अमित बस्नेतसहित आरोन बस्नेत, एरियाना बस्नेत र परी राना फिल्ममा निर्माताका रूपमा छन्।अभेद परव र कुनाल कदमको डिओपी रहेको फिल्मलाई सजु चन्द्रनले सम्पादन गरेका हुन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले यसलाई नेपालभर वितरण गर्नेछन्। फिल्म जेठ २५ गतेदेखि प्रदर्शनमा आउँदैछ।