अफगानिस्तानको बामियान प्रान्तमा गोली हानी चार जनाको हत्या  

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१२ दिन अगाडि
अफगानिस्तानको बामियान प्रान्तमा गोली हानी चार जनाको हत्या  

काठमाडौं -अफगानिस्तानको बामियान प्रान्तमा गोलीबारी हुँदा ४ जनाको मृत्यु भएको छ ।

शुक्रबार भएको गोलीबारीबाट तीन जना विदेशी र एक जना अफगान नागरिकको मृत्यु भएको हो ।  त्यहाँको आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतिन कानीले मध्य अफगानिस्तानको बामियान प्रान्तमा शुक्रबार भएको आक्रमणमा तीन विदेशी र एक अफगान नागरिकसहित चार जनाको मृत्यु भएको पुष्टि गरे । उनले भने ‘‘गोलीबारीमा चार विदेशी र तीन अफगानी घाइते भएका छन् ।’ चार संदिग्धलाई पक्राउ गरिएको अधिकारीले बताए । उनले विदेशी नागरिकको राष्ट्रियता भने खुलाएनन् ।


स्पेनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा उक्त हमलामा तीन जना स्पेनी नागरिक मारिएको र कम्तीमा एक जना घाइते भएको बताएको छ । प्रमुख पर्यटकीय क्षेत्र बामियान प्रान्तमा भएको घटनामा चार संदिग्धलाई घटनास्थलबाटै पक्राउ गरिएको र अनुसन्धान जारी रहेको अब्दुल मतिन कानीले  जानकारी दिए । बेलुका भएको आक्रमणको कसैले जिम्मेवारी लिएको छैन ।