‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ - राष्ट्रपति बाइडेन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१२ दिन अगाडि
‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ - राष्ट्रपति बाइडेन

काठमाडौं -अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल–हमास युद्धबाट प्रताडित गाजा क्षेत्रमा तत्काल मानवीय सहयोगको खाँचो रहेको बताएका छन् । 

गाजाका लागि अमेरिकाका तर्फबाट पहिलो सहयोग पुगेको लगत्तै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् ।  राष्ट्रपति बाइडेनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘यो स्पष्ट छ कि प्लालेस्टिनीहरुले पीडा भोगिरहेका छन् । तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौँ ।’ यसअघि अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायता पुगेको पुष्टि गरेको थियो । गाजामा पुगेको सो सहयोग नै पहिलो मानवीय सहायता थियो । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ ।