काठमाडौं– नेपाली कांग्रेसले संसद्मा उठाएको गृहमन्त्री रवि लामिछानेमाथिको छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक भएको बताएको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले समिति बनाउन प्रधानमन्त्रीले सत्तापक्षका दलसँग छलफल गरेर निर्णय दिने समेत बताए । बैठकपछि बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकारात्मक हुनुहुन्छ । उहाँले सत्तापक्षका दलसँग छलफल गर्छु र निर्णय लिन्छु भन्नु भएको छ ।’
प्रचण्डले ३ बजेपछि सत्ता साझेदार दलसँग छलफल गर्ने सचिवालयको भनाइ छ । लेखकले अगाडि भने, ‘गृहमन्त्री मुछिएका सहकारी र अन्य सहकारीको पनि छानबिन हुनुपर्छ । तर गृहमन्त्री माथि संसदीय छानबिन बन्नुपर्छ भन्नेमा हामी पछि हटेका छैन । हटिँदैन पनि।’ यसबारे कांग्रेसले अहिले पनि अनौपचारिक रूपमा छलफल गरिरहेको छ । प्रधानमन्त्रीसँग पनि दुई तीन वटा बुँदा बनाएर छलफल भएको थियो । कांग्रेसका नेताहरूले प्रधानमन्त्री छानबिन समिति बनाउन तयार भए पनि एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति तथा गृहमन्त्री लामिछाने यसमा तयार नभएको बताएको छ । ती नेताले भने, ‘छलफल सकारात्कमक हुन्छ । तर बीचमा कसले खेल्छ थाहा नै हुन्न ।’