अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो - लामिछाने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१५ दिन अगाडि
अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो - लामिछाने

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा कसलाई बोल्न दिने र कसलाई बोल्न नदिने भन्ने निर्णय पार्टीबाट गर्नु कुन लोकतान्त्रिक अभ्यास हो भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।

अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो स् लामिछाने सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले कांग्रेसलाई प्रश्न गरेका हुन् । आश्चर्यको विषय आफूलाई लोकतान्त्रिक भन्ने दलले सदनमा सांसदलाई बोल्न दिने कि नदिने भन्ने निर्णय आफ्नो दलको निर्णयबाट गर्ने रहेछ । कांग्रेसले सदनमा अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गर्‍यो भन्नेजस्ता विषय सुनियो । त्यस्तो निर्णय भएछ । त्यो लोकतन्त्रको कुन अभ्यास हो रु,ु लामिछानेले भने ।

लामिछानेले आफू सहकारीको संचालक र सदस्य केही पनि नभएको दाबी गरेका छन् । उनले गोर्खा मिडियाको एमडी हुँदाका बखत निर्णय गराएर सहकारीको रकम नल्याएको बताए । उनले सहकारीको रकम ठगीमा आफ्नो संलग्नता नभएको बताए । कांग्रेस सरकारमा हुँदा आफूविरुद्ध तथ्य खोज्नका लागि बल लगाएको तर नसकेको लामिछानेले बताए ।