जसपा नेपालबाट अलग भएका सात सांसदविरुद्धको रिटमा आज पेसी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१४ दिन अगाडि
जसपा नेपालबाट अलग भएका सात सांसदविरुद्धको रिटमा आज पेसी

काठमाडौं- जनता समाजवादी पार्टी ९जसपा० नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका तर्फबाट दल छाडेका ७ जना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न हिजो दर्ता भएको रिटमा आज सुनुवाइ हुन लागेको हो । जसपा नेपालबाट अलग भएका अशोक राईको नेतृत्वमा संघीय संसदका ७ जना सांसद रहेका छन् ।
आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै यादवले उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने जिकिर गरेका छन् । यसअघि जसपा, नेपालबाट छुटिएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको विषयमा अध्यक्ष यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले नयाँ दल दर्ताको प्रक्रिया यथास्थानमा राख्न निर्वाचन आयोगलाई अल्पकालीन आदेश दिएको थियो । वैशाख २३ जसपा नेपालबाट विभाजित भएको नयाँ जसपालाई वैशाख २४ गते निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएको थियो । सो मुद्दामा सर्वोच्चले दुवैपक्षलाई मंगलबार छलफलका लागि बोलएको छ ।