कांग्रेस नेताहरूमाथि लगाएका आरोप पुष्टि गर्न गृहमन्त्रीलाई सांसद पाण्डेको चुनौती

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१३ दिन अगाडि
कांग्रेस नेताहरूमाथि लगाएका आरोप पुष्टि गर्न गृहमन्त्रीलाई सांसद पाण्डेको चुनौती

काठमाडौँ - कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेलाई कांग्रेस सभापति र उपसभापतिमाथि छानबिन गर्न चुनौती दिएका हुन् ।  कांग्रेस नेताहरूमाथि लगाएका आरोप पुष्टि गर्न गृहमन्त्रीलाई सांसद पाण्डेको चुनौती कांग्रेस नेताहरूमाथि निराधार आरोप लगाएको उल्लेख गर्दै सांसद पाण्डेले भने,हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि लाञ्छना लगाउनु भएको छ । उपसभापति र महामन्त्रीको नाम किटेर छानबिनको समय पनि तोक्नुहोस् । उहाँहरू दोषी देखिनुभयो भने । कारबाही गर्नुहोस् । गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभामा त्रिचन्द्र कलेजको पार्क निर्माण, त्रिविको वेबसाइट डिजाइन, बाख्रा पालन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति, रातो पासपोर्ट, वाइडबडी जहाज, नक्कली भुटानी शरणार्थी, टीकापुरको जग्गा, देशका संवेदनशील सूचना विदेशीलाई बेचेको प्रसंग उठाएका थिए ।

उनले भनेका थिए, ‘के हामीले यस्ता विषयमा पनि छानबिन गर्नुपर्ने हो रु आज ममाथि छानबिन हुने हो भने यी विषयमा पनि छानबिन किन नहुने रु’ यही विषयमा छानबिन गरेर प्रमाणित गर्न कांग्रेस सांसद पाण्डेले गृहमन्त्री लामिछानेलाई चुनौती दिएका हुन् । पाण्डेले राष्ट्रिय सूचना बेच्नेहरू सदनमै रहेको कुरा पुष्टि गर्न पनि पनि गृहमन्त्री लामिछानेलाई चुनौती दिए । राष्ट्रिय सूचना बेच्ने एजेन्टहरू यही सदनमा छन् भन्ने आरोप लगाउनुभयो । को हो छ त्यो रु उहाँलाई गलहत्याउन हामी साथ दिन्छौँ । यदि त्यसो नभए तपाईंलाई गलहत्याउनेछौं उनले भने । कांग्रेसले गृहमन्त्रीले संसद्‍मा लगाएको आरोप रेकर्डबाट हटाउनसमेत आग्रह गरे । सहकारी पीडितहरूको बचत फिर्ताका लागि संसदीय छानबिन समितिको क्षेत्राधिकारबारे कांग्रेसको अडान कायमै रहेको समेत पाण्डेले बताए । सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नता सीबीआई लगायतका प्रतिवेदनले प्रमाणित भएको समेत पाण्डेले बताएका हुन् ।