काठमाडौँ - नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सिजी मोटर्सले नेपाली कला क्षेत्रका तीन प्रतिष्ठित व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेस्डरका रूपमा नियुक्त गरेको छ ।
नक्साल स्थित स्टेट अफ दि आर्ट शोरूममा एक कार्यक्रम गरी सुशान्त केसी, सुरक्षा पन्त र दयाहाङ राईलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । सिजी मोटर्सको यस रणनीतिक कदमले हिरो ब्रान्डको उपस्थितिलाई नेपालमा अझै बलियो बनाउने लक्ष्य राखेको जनाएको छ ।
सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केही समय अघि मात्रै नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरेको थियो । हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भइरहेका छन् । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ जहाँ एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जूम विक्री हुँदै आइरहेका छन्।