यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९७ दिन अगाडि
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसामा झरेको छ । शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो । 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २९ पैसा र बिक्री दर १७० रुपैयाँ ०६ पैसा रहेको थियो । आज कतारी रियाल एकको खरिद दर खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।