‘द पोएट आइडल’ सिजन २ को उपाधि सिक्किमका सिमियोनलाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०६ दिन अगाडि
‘द पोएट आइडल’ सिजन २ को उपाधि सिक्किमका सिमियोनलाई

काठमाडौं - ‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन् ।

शनिबार रातीको फिनाले एपिसोडमा उनले नगद १० लाखसहितको पुरस्कार जिते ।राईले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको गिफ्ट भौचर प्राप्त गरे ।
फिनालेमा अभिनेता सुनिल थापा र फिल्म ‘पुजार सार्की’को कलाकार तथा निर्देशक अतिथिको रुपमा सहभागि थिए ।

अभिनेता प्रदीप खड्काले कविता वाचन गरे । फिनालेमा ‘भ्वाइस किड्स’का निर्देशक लक्ष्मण पौडेलले जेठ ३१ गते शुक्रबारदेखि तेस्रो सिजनको प्रसारण सुरु हुने बताए । उक्त अवसरमा ‘भ्वाइस किड्सको सिजन ३’ को प्रोमो देखाइयो । ‘पोएट आइडल’को दोस्रो सिजनमा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक थिए । दिब्यदेव होस्टको रुपमा थिए ।

निर्देशक अमनप्रताप अधिकारीले तेस्रो सिजन झण्डै डेढवर्षपछि दर्शकमाझ आउने बताए । पहिलो सिजनको उपाधि सिक्किमकी निलम गुरुङले जितेकी थिइन् । यो सिजनको प्रसारण हिमालय टिभीबाट भएको थियो । तीन सिजनसम्म हिमालय टिभीमै प्रसारण हुने निर्देशक अधिकारीले जनाए ।