रसुवागढी हाइड्रोपावरले एकैसाथ डाक्यो दुई वर्षको साधारणसभा, बुक क्लोज कहिले?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८८५ दिन अगाडि
रसुवागढी हाइड्रोपावरले एकैसाथ डाक्यो दुई वर्षको साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौ -रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले कम्पनीको दशौं र एघारौं वार्षिक साधारणसभा एकसाथ हुने भएकाे  छ ।

कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन । जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ११ गते काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७८र७९ र २०७९र८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ २३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात जेठ २२ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।