काठमाडौ-आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ १४ गते एक दिन बुक क्लोज तय गरेको छ। यसको आधारमा आज जेठ १३ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन । कम्पनीले आफ्नो सातौँ वार्षिक साधारण सभा जेठ २८ गते गर्ने भएको छ । उक्त सभा आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्साल काठमाडौंमा आयोजना गर्ने भएको छ ।
उक्त सभा विहान ११ बजेबाट शुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । सभाले आर्थिक वर्ष २०७९ र८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १।३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न उक जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ ।कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थाफक सेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ती गरेकोमा सो नियुत्त सभाले अनुमोदन गर्नेछ ।