ट्रेलरमा हेर्नुहोस् चलचित्र लण्डन टु पेरिस 'भडियोसहित'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०६ दिन अगाडि
ट्रेलरमा हेर्नुहोस् चलचित्र लण्डन टु पेरिस 'भडियोसहित'

काठमाडौं- चलचित्र लण्डन टु पेरिसको ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट चलचित्रको ३ मिनेट लामो ट्रेलर रिलिज गरिएको हो ।

घनश्याम लामिछाने निर्देशित चलचित्रको सार्वजनिक ट्रेलरमा डेव्यु अभिनेता निश्चल खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्माको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ ।

चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ ।  चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् भने चलिचत्रमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको  चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । चलचित्र  जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।
चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।