प्रतिनिधि सभा- प्रधानमन्त्री र अर्थमन्त्रीको प्रस्तुति विपक्षीको नाराबाजीमै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०८ दिन अगाडि
प्रतिनिधि सभा- प्रधानमन्त्री र अर्थमन्त्रीको प्रस्तुति विपक्षीको नाराबाजीमै

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका छन् । 

विपक्षीहरुको नाराबाजी र धकेलाधकेलकाबीच पनि प्रधानमन्त्रीले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले भने, ‘राष्ट्रपतिले २०८१ जेष्ठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष ८१÷८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्दछु ।’ 

यस्तै, बैठकमा अर्थमन्त्री वर्षमान पुनले पनि आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् ।उनी आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेर रोकेका थिए । उनले चालू आर्थिक वर्षमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए ।  उत्पादनमूलक उद्योगको गतिविधिमा ढिलाइ भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने बताए ।