उपभोक्ता मागमा कमी आउनुका यस्ता छन् कारण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०६ दिन अगाडि
उपभोक्ता मागमा कमी आउनुका यस्ता छन् कारण

काठमाडौँ -  अर्थमन्त्री वर्षमान पुनले उपभोक्ता मागमा कमी आउनु, कर्जाको विस्तार न्यून हुनु, उत्पादनमूलक क्षेत्र न्यून क्षमतामा सञ्चालन हुनु र वस्तुको आयातमा कमी आउनु लगायत कारण आर्थिक क्रियाकलापमा अपेक्षित विस्तार हुन नसकेको बताएका छन् । 

मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पुनले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने अनुमान गरिएको बताएका हुन् । 

उनले चालु आर्थिक वर्षको चैत महिनामा औसत मूल्यवृद्धि ४.६ प्रतिशतमा सीमित रहेको बताएका हुन् । चालु आर्थिक वर्षको चैत महिनामा सम्ममा आयात २.८ प्रतिशतले र निर्यात ३.७ प्रतिशतले घटेको बताए। शोेधनान्तर स्थिति तीन खर्ब ६५ अर्बले बचतमा रहेको उनले उल्लेख गरे । विदेशी मुद्राको सञ्चिति १२.५ महिनाको वस्तुको आयात धान्न प्रयात रहेको उनले बताए ।