कृषिमा १ अर्ब बजेट घट्यो, ५७ अर्ब २९ करोड विनियोजन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९४ दिन अगाडि
कृषिमा १ अर्ब बजेट घट्यो, ५७ अर्ब २९ करोड विनियोजन

काठमाडौँ -कृषि क्षेत्रको बजेट घटेको छ ।

सरकारले पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको हो ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए । चालु आव २०८०/८१  को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।