सामाजिक सञ्जालमा सरकारको सरोकार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०६ दिन अगाडि
सामाजिक सञ्जालमा सरकारको सरोकार

काठमाडौँ - सरकारले नागरिकको पूर्ण सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने घोषणा गरेको छ । 

अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आमसञ्चार क्षेत्रलाई निष्पक्ष बनाउने घोषणा गरेका हुन् । सञ्चार क्षेत्रलाई निष्पक्ष, समावेशी, व्यवसायी र स्वतन्त्र बनाउँदै सार्वजनिक महत्वको समाचार समयमै सत्य, तथ्य र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाइने बताए । 

त्यस्तै, पुनले लुम्बिनीमा कृष्ण सेन इच्छुक सञ्चार ग्राम स्थापना गरिने घोषणा गरे ।  सञ्चार कर्मीको क्षमता अभिवृद्धिका लागि तालिमको अवसर उपलब्ध गराइने बताउँदै अर्थमन्त्री पुनले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाइने बताए ।