सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड विनियोजन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९४ दिन अगाडि
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड विनियोजन

काठमाडौँ -सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।

 

मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१\०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले  आव २०८१\०८२ को बजेटमा सञ्चार मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको घोषणा गरे ।

उनले एक द्वार प्रणालीबाट विज्ञापन वितरणको व्यवस्था गरिने, प्रेस स्वतन्त्रताको ग्यारेन्टीको व्यवस्था गरिने, लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिने बजेट वक्तव्यमा राखिएको बताए ।