शिक्षामा नयाँ योजना -सबै विषय पढेकाले शिक्षक लाइसन्स लिन पाउनेदेखि दिवा खाजामा ‘जङ्क फुड’ दिन नपाउनेसम्म

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९४ दिन अगाडि
शिक्षामा नयाँ योजना -सबै विषय पढेकाले शिक्षक लाइसन्स लिन पाउनेदेखि दिवा खाजामा ‘जङ्क फुड’ दिन नपाउनेसम्म

काठमाडौँ -सरकारले जीवनोपयोगी र गुणस्तरीय शिक्षाका माध्यमबाट नैतिक वान र मर्यादित समाजको विकास गर्ने घोषणा गरेको छ । 

संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गरिने बताएका हुन् । उनले सिपमूलक र प्राविधिक शिक्षा विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गरे ।मन्त्री पुनले उच्च शिक्षालाई अनुसन्धानमूलक, प्रवद्र्धनमुखि र व्यवसायी बनाइने बताए । त्यस्तै, सरकारले विद्यालय परिचय पत्रलाई घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना प्रणालीमा आबद्ध गरी स्थानान्तरण र छात्रवृत्ति वितरणलाई व्यवस्थित गरिने बताए । 

त्यसैगरि बालबिकास शिक्षाको गुणस्तर वृद्धि गर्न बाल विकासका एक हाजर पाँच सय शिक्षकलाई बुट क्याम्पमा सहभागी गराइने अर्थमन्त्रीले उद्घोष गरे । सरकारले कक्षा १ देखि ५ सम्मको दिवा खाजामा स्थानीय उत्पादनलाई प्रयोग गर्ने व्यवस्था मिलाइने पुनले बताए । कर्णालीका जुम्ला, हुम्ला र कालिकोटका विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा रकममा वृद्धि गरेको पुनले बताए ।  दिवा खाजाका लागि सरकारले आठ अर्ब ३९ करोड विनियोजन गरेको छ ।