कोशी सरकार गठनबारे कार्कीको रिटमा आज पेशी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०५ दिन अगाडि
कोशी सरकार गठनबारे कार्कीको रिटमा आज पेशी

काठमाडौ -कोशी प्रदेश सरकार गठनबारे रिटमा आज पेशी छ।

कोशिका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हालेको रिटमा बुधवार पेशी तोकिएको छ। यसअघि जेठ ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदाको कागजात झिकाउन आदेश दिएका थिए।

नेकपा (एमाले) का प्रदेश सांसद कार्की गत वैशाख २७  गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। उनले वैशाख ३१ गते विश्वासको मत प्राप्त गरेका थिए।  कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदारले सर्वोच्चमा वैशाख २७ गते रिट दिएका थिए। उनले सरकार गठन नै असंवैधानिक भएको दाबी गरेका थिए।