काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्न चाहेको बताएका छन् ।
बजेट सार्वजनिक पछि पहिलोपटक मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पुनले राज्यको सीमित स्रोत साधनका बाबजुद नयाँ चरणको आर्थिक सुधारको प्रयत्न गरेको बताएका हुन् ।
नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग नै गठन गरेर विज्ञहरुसँग छलफल गर्ने उनको भनाइ छ । यसका लागि विगतमा लिइएका बाटाहरूको समीक्षा गर्दै आगामी कार्य योजनाको रोडम्याप लगायतका काम गर्ने गरी आयोग गठन गर्नुपर्ने उनको भनाइ छ ।