स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने अर्थमन्त्रीको दाबी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९३ दिन अगाडि
स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने अर्थमन्त्रीको दाबी

काठमाडौँ -अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

सोही लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट ल्याएको उनले बताए ।स्थानीय तहमा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापना लगायतका लक्ष्य बजेटमार्फत लिइएको बताइएको छ । यिनै लक्ष्यसहित केन्द्र सरकारले स्थानीय तहलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उनको भनाई छ ।

यसबाहेक त्यस क्षेत्रका पूर्वाधारलाई आर्थिक विकासको आधारका रूपमा तय गर्ने गरी विकास गर्ने लक्ष्य लिएको बताए । यसबाहेक औद्योगिक ग्राम र गतिशील अर्थतन्त्रको केन्द्र बनाउने लक्ष्य लिइएको छ ।