सन्दीपलाई भिसा नदिएको भन्दै समर्थकहरु आन्दोलित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०५ दिन अगाडि
सन्दीपलाई भिसा नदिएको भन्दै समर्थकहरु आन्दोलित

काठमाडौं -राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा  स्पिनर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्व कप खेल्न जान काठमाडौंस्थित अमेरिकी दुतावासले भिसा नदिएको भन्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् । 

बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सन्दीपका समर्थकहरुले दुतावासलाई दबाब दिन विरोध प्रदर्शन गरेका हुन् ।

 लामिछानेलाई भिसा नदिए नेपालस्थित अमेरिकी राजदूतावासमा धर्ना बस्ने समेत उनीहरुको चेतावनी थियो । उनीहरुले लामिछानेलाई टी–२० विश्वकपकपबाट बञ्चित गराउने सडयन्त्र भइरहेको उल्लेख गर्दै उनलाई अमेरिका पठाउन सरकारीस्तरबाट पहल हुनुपर्ने बताए । 

सन्दीप लामिछाने भिसाका कारण अमेरिका उड्न नसकेपनि नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आज अमेरिकातर्फ प्रस्थान गरेका छन् ।