सेयर बजार घट्यो, ४ अर्ब ५७ करोडको कारोबार  

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९३ दिन अगाडि
सेयर बजार घट्यो, ४ अर्ब ५७ करोडको कारोबार  

काठमाडौँ - सेयर बजार दोहोरो अङ्कले घटेको छ । बुधवार नेप्से परिसूचक २३.८१ अङ्कले घट्दै २०८९.४२ को विन्दुमा रह्यो । 

परिसूचक घटे पनि सेयर कारोबार निराशाजनक भने छैन । १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ। वाणिज्य बैङ्क उपसमूहमा २.९४ प्रतिशतले गिरावट आउँदा परिसूचक घटेको हो । २.६८ प्रतिशतले बढेको उत्पादन तथा प्रशोधन उपसमूहले बजार थामेको छ । यो सँगै होटेल तथा पर्यटन, व्यापार र फाइनान्स उपसमूह बढेका छन् ।

म्युचुअल फण्ड स्थिर रह्यो भने १३ मध्ये ८ उपसमूहका सेयरमा गिरावट छ । ५६ कम्पनीको सेयर मूल्य बढ्दा चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । युनिभर्सल नेपाल, कालिन्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो । 

सर्वाधिक कारोबार हुनेमा पोखरा फाइनान्स परेको छ । उक्त कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १९ करोड २७ लाख, सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख, एनआरएन इन्फ्रस्ट्रक्चरको १० करोड २८ लाख र हाथवे इन्भेस्टमेन्टको १० करोड ३ लाखको सेयर कारोबार भएको छ । १९१ कम्पनीको सेयर मूल्य घट्दा बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक ९.४१ प्रतिशतको नोक्सानीमा रहे । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१, वाराही हाइड्रोपावर, एनएमबि बैङ्क घट्नेको सूचीमा छन् ।