काठमाडौँ - स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘आउट ल: दफा २१९’को फस्ट लुक रिलिज भएको छ ।
फस्ट लुकमा फिल्मका मुख्य नायक सुशील श्रेष्ठलाई एक्सन रिसाहा अवतारमा देखाइएको छ । सार्वजनिक पोस्टरमा नायक श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् ।अमित अग्र हरिको निर्माण रहेको फिल्म असोज ३ गतेबाट विश्वव्यापी रूपमा रिलिज हुनेछ । विक्की महर्जनको लेखन तथा निर्देशन रहेको फिल्म नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुको पनि अभिनय छ ।
विनोद कडायता र शशाङ्क खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माता छन् । नवीन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको फिल्ममा ईश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रूपमा छन् । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको फिल्ममा श्रृजना सूत्रको कास्टिङ छ । फिल्म देशभर डीसीएनले वितरण गर्नेछ ।