पूजा शर्मा अभिनीत 'दान्भी' को ट्रेलर सार्वजनिक (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०२ दिन अगाडि
पूजा शर्मा अभिनीत 'दान्भी' को ट्रेलर सार्वजनिक (भिडिओ)

 काठमाडौ-अभिनेत्री पूजा शर्माले एक्सन भूमिका निर्वाह गरेको फिल्म 'दान्भी' को ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर पूजाको एक्सन दृश्यले परिपूर्ण छ। उनीसहित कुन्साङ बोन्जनको शीर्ष भूमिका रहेको फिल्मले बदलाको कथा भन्ने ट्रेलरबाट आँकलन गर्न सकिन्छ। 

फिल्मलाई रूपेश तामाङले निर्देशन गरेका हुन्। देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन छ। 'लभर गर्ल' को रूपमा रूचाइएकी पूजाले 'दान्भी' मा पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी हुन्। यो फिल्म असार ७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।