सुखद् शोका साथ दोस्रो सातामा 'फर्की फर्की' र 'पुजार सार्की'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०२ दिन अगाडि
सुखद् शोका साथ दोस्रो सातामा 'फर्की फर्की' र 'पुजार सार्की'

काठमाडौ -फिल्म फर्की फर्की र पुजार सार्कीु प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेका छन्।

गत बिहीबारदेखि प्रदर्शनमा आएका फिल्मले उत्साहजनक सुरूआत गरेका थिए।  फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरेको निर्माताको दाबी छ।  दोस्रो सातामा पनि यी फिल्मले सुखद् शो पाएका छन्। र, प्राप्त शो र अकुपेन्सी हेर्दा दुवै फिल्मले यो साता पनि उत्साहजनक व्यापार गर्ने आङ्कलन गरिएको छ।  फिल्मले दर्शकको साथ पाइरहँदा कलाकारहरू हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै खुसी साटिरहेका छन्। 

फर्की फर्की मा अभिनेता अनमोल केसी, अभिनेत्री जसिता गुरुङसहित डेब्यु कलाकार रवी काफ्ले र समृद्धि अर्याल मुख्य भूमिकामा छन्।सुयोग गुरुङको लेखन एवं निर्देशन रहेको फिल्ममा ‘टाइम लुप’ को फरक कथा, लभ स्टोरीसँगै एक्सन समेत दर्शकले हेर्न पाउँछन्। यो फिल्मको निर्माता रोहित अधिकारी र ओमप्रकाश अग्रवाल हुन्। 

त्यस्तै, दिनेश राउतको निर्देशनमा बनेको पुजार सार्की मा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अभिनेत्री अञ्जना बराइली, परीक्षा लिम्बू लगायतको अभिनय छ। विकास सुवेदीको लेखन, सुवास भुसाल निर्माता रहेको फिल्मले जातीय विभेदविरुद्धको कथा प्रस्तुत गर्छ।  यो साता नयाँ नेपाली फिल्म भने रिलिजमा छैनन्।