यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९२ दिन अगाडि
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ९३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८ पैसा र बिक्री दर ८८ रुपैयाँ ४८ पैसा रहेको छ ।  आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६३ पैसा छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।