गण्डकीमा नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०४ दिन अगाडि
गण्डकीमा नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

काठमाडौ- गण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ । 

 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको पालुङ टार नगरपालिका–३ का देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् । देवकोटा यसअघि पनि पाण्डे मुख्यमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।

 देवकोटाले दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भ शास्त्रमा विद्यावारिधि गरेका छन् । हाल उनी ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ मा आबद्ध छन् । नीति तथा कार्यक्रम र बजेट ल्याउने बेला मुख्यमन्त्री बनेका पाण्डेले मुख्यमन्त्रीको शपथ लिए लगत्तै देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् । देवकोटाले बिहीबार नै मुख्यमन्त्री पाण्डेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।