मोदीको ध्यान राजनीति: कहिले उत्तरको केदारनाथ, अहिले दक्षिणको कन्याकुमारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०४ दिन अगाडि
मोदीको ध्यान राजनीति: कहिले उत्तरको केदारनाथ, अहिले दक्षिणको कन्याकुमारी

काठमाडौँ - प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकनन्द रक मेमो रियलमा ४५ घण्टे ध्यान सुरु गरेका छन् ।

दुई महिनादेखि लोकसभा निर्वाचन अभियानको अगुवाइ गरेका मोदीले अन्तिम मतदान अघि ध्यान गरेका छन् ।नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक  मेमो रियल पुगेका मोदी भगवती असम्मान मन्दिरमा पूजा गरेपछि ध्यानमा बसेका थिए । उनी भोलि जुन १ त्यहीँ बस्नेछन् । लोकसभा निर्वाचनको सातौँ र अन्तिम चरणको मतदान पनि भोलि हुँदै छ ।

धोती र सेतो सल ओढेका मोदीले मन्दिरमा पूजा गरे र ‘गर्भ गृह’ परिक्रमा गरे । पुजारीहरूले एक विशेष आरती गरेर उनलाई मन्दिरको प्रसाद दिएका थिए ।मोदी राज्य सरकारले सञ्चालन गरेको शिपिंग कर्पोरेसनको फेरीमा चढेर समुन्द्र तर्दै चट्टान स्मारक पुगेका थिए । ध्यान मण्डपमामा ध्यान बस्नुअघि मोदी केही बेर मण्डपमा जाने सिँढीमा उभिएर चारैतिर फैलिएको समुद्रको मनोरम दृश्य अवलोकन गरेका थिए ।

प्रधानमन्त्री मोदीले रामकृष्ण परमहंस, माता शारदा देवीको तस्बिरमा पुष्पवृष्टि गर्नुका साथै स्वामी विवेकनन्दलाई पुष्प हार अर्पण गरे । शिवगंगामा सम्वाददाताहरूसँग कुरा गर्दै तमिलनाडु बीजेपी अध्यक्ष के अन्नालाईले मोदीको स्मारक भ्रमणलाई उनको निजी भ्रमण भएको बताए । ‘यो प्रधानमन्त्रीको व्यक्तिगत भ्रमण हो,’ उनले भने, ‘त्यसैले पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रममा सहभागी छैनन् ।थन्काई परियार द्रविड कझगम लगायतका सङ्गठनहरूले मदुरैमा मोदीको विरोध गर्दै कालो झन्डा प्रदर्शन गरेका थिए । सोसल मिडिया प्लेटफर्म युएक्सयुले पनि अन्तिम चरणको मतदान सन्दर्भमा मोदी ध्यानमा बसेको समाचार प्रसारणको राजनीतिक विरोध भएको टिप्पणी गरेको छ ।

विवेकनन्द स्मारकमा मोदीको ४५ घण्टा ध्यानका लागि कडा सुरक्षालगायत सबै व्यवस्था मिलाइएको छ । सन् १८९२ को अन्त्यतिर समुन्द्र भित्रका चट्टानहरूमा ध्यान गरेका स्वामी विवेकनन्दको सम्झनामा निर्माण गरिएको स्मारकमा प्रधानमन्त्री पहिलो पटक पुगेका हुन् ।२०१९ को लोकसभा निर्वाचन प्रचारप्रसारको अन्त्यपछि प्रधानमन्त्रीले केदारनाथ गुफामा ध्यान गरेका थिए । अहिले उनी देशको मुख्य भूमिको दक्षिणी किनारमा अवस्थित आध्यात्मिक केन्द्रमा ध्यान बसिरहेका छन् । भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार, सुरक्षाकर्मीहरूले स्मारक परिसरलाई घेरेको बेला, सम्पूर्ण कन्याकुमारी जिल्लामा सुरक्षा बढाइएको छ । त्यहाँ लगभग २ हजार प्रहरी तैनाथ गरिएका छन् । तमिलनाडु पुलिसको तटीय सुरक्षा समूह, तट रक्षक र नौसेनाले पनि मोदीको सुरक्षामाथि कडा निगरानी गरिरहेको छ ।