काठमाडौँ -अस्ट्रेलियाली क्रिकेटले दुई नेपालीलाई बहु सांस्कृतिक दूतमा चयन गरेको छ ।
‘मल्टिकल्चरल एम्बासडर’ अर्थात् बहु सांस्कृतिक दूत कार्यक्रमअन्तर्गत विजय जोशी र अमित लोहनीलाई दूतका रूपमा चयन गरेको हो ।क्रिकेट डटकम एयुमा राखिएको मिडिया रिलिज अनुसार ५० जनाको समूह बनाई मल्टिकल्चरल एम्बेस्डर प्रोग्राम क्विन्सल्यान्डबाट लोहनी र दक्षिण अस्ट्रेलियाबाट जोशीलाई चयन गरिएको हो ।
क्रिकेटलाई समावेशी र विविधता दिने उद्देश्यले बहु सांस्कृतिक दूत अवधारणा ल्याइएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । खेलाडी, व्यवसायी, राजनीतिज्ञ, पत्रकारलगायतका व्यक्ति दूतका रूपमा चयन गरिएको छ । दूतका रूपमा चयन भएका दुई नेपालीले क्रिकेट क्षेत्रमा पुर्याएको योगदानलाई मुख्य आधार बनाइएको छ ।