‘ज्वाइँ साब’ को छायाङ्कन चित्लाङबाट सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०१ दिन अगाडि
‘ज्वाइँ साब’ को छायाङ्कन चित्लाङबाट सुरु

काठमाडौँ - वसन्त निरौलाको निर्देशन रहने फिल्म ‘ज्वाइँ शाव’ को छायाङ्कन सुरु भएको छ ।

फिल्मको शुक्रवार मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा कलाकार र प्राविधिकको उपस्थितिमा पूजा गर्दै छायाङ्कन सुरु गरिएको हो ।एक मसहनाको छायाङ्कन सेडुल बनाएको फिल्म चित्लाङमा २० दिन र त्यसपछि सौराहा र इलाममा खिचिनेछ । फिल्मका मुख्य कलाकारहरु जितु नेपाल, नीति शाह लगायतले भैरव मन्दिरमा पूजा पनि गरे । 

जितु नेपालको शीर्ष भूमिका रहने फिल्ममा जितु र नीतिका अलावा बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको सङ्गीत रहनेछ । रेड आइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो ।

फिल्मका प्रस्तुत कर्ता राजकुमार पण्डित हुन् । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शङ्कर धितालको पटकथा तथा संवाद छ । फिल्म ‘ज्वाइँ शाव’ लाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिए । फिल्म यसै वर्षको तिहारमा रिलिज हुनेछ ।