आगामी साता रिलिज हुने फिल्म 'लण्डन टु पेरिस' को तेस्रो गीत सार्वजनिक (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०० दिन अगाडि
आगामी साता रिलिज हुने फिल्म 'लण्डन टु पेरिस' को तेस्रो गीत सार्वजनिक (भिडिओ)

 काठमाडौ -आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'लण्डन टु पेरिस' को तेस्रो गीत सार्वजनिक गरिएको छ। 

फिल्म रिलिजको एक साताअघि सार्वजनिक 'सुवी डु' गीतको भिडिओमा तीन जोडीलाई प्रस्तुत गरिएको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापा भिडिओमा फिचर्ड छन्। लंगनेस फर्नान्डेजले यसको कोरियोग्राफी गरेका हुन्। 

रोमान्टिक गीतमा बियोण्ड र प्रविशा अधिकारीको स्वर छ। यसको शब्द तथा संगीत पनि बियोण्डकै हो। घनश्याम लामिछाने निर्देशित ‘लण्डन टु पेरिस’ ले यात्राको प्रेमकथा प्रस्तुत गर्छ। यसको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना फिल्मको निर्माताका रूपमा छन्। 

एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ। अभेद परव र कुनाल कदमको डिओपी रहेको फिल्मलाई सजु चन्द्रनले सम्पादन गरेका हुन्। जेठ २५ गतेदेखि प्रदर्शनमा आउने ‘लण्डन टु पेरिस’ लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले वितरण गर्नेछ।