काठमाडौँ - नेपाल खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले सङ्घहरूले आफूलाई भोट आउने जिल्लामा मात्र सङ्घ विस्तार गर्ने गलत प्रवृत्ति रहेको बताएका छन् ।
शनिवार काठमाडौँमा राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उनले, जिल्ला सङ्घहरू खेल विकास र विस्तारको निम्ति सजिलै खेल्न सकिने खेलहरूले ७७ जिल्लामा नै खेल सङ्घ विस्तार गर्न सकिने तर कतिपय खेल सङ्घहरूले आफूलाई भोट आउने जिल्लामा मात्र सङ्घ विस्तार गर्ने प्रवृत्ति विकास भएको बताए ।
उनले भने, ‘हामीले खेल विकास र विस्तारको निम्ति ७७ वटै जिल्लामा खेल सङ्घ विस्तार गर्न सकिन्छ । तर कतिपय खेल सङ्घहरूले आफूलाई भोट आउने मात्र जिल्लामा सङ्घ बनाउने काम भएको छ । जुन गलत छ ।’
उनले खेलकुदको कार्यक्रममा आसन र भाषणले समय वर्वाद गरिराखेको भन्दै यस्तो प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको बताए। धेरै भन्दा धेरै खेलकुदलाई व्यवस्थित र व्यावसायिक बनाउने कुरामा परिषद्को जोड रहेको उनको भनाई छ ।